संगालोखबर सम्बाददाता

झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो ।

Advertisement

कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन १०५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका १८९ जनाको रक्त परीक्षण, १७८ जनाको भिडियो एक्सरे र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतमा समस्या भएका ३२ जनाको दाँत खोलिएको छ । शिविर बुधवार पनि जारी रहने आयोजकले जनाएको छ ।

नोबेलले शुक्रबार सुनसरीको गढी गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेर ७५३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!