- संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा आज बिहान बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजे दुर्घटना भएको हो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।

अपडेटः संखुवासभामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!