संगालोखबर सम्बाददाता

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ बर्षीय किशोरकुमार विश्वकर्मा छन् ।

Advertisement

गएराती ८ बजे म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा सह–चालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा छ । ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!