- संगालोखबर सम्बाददाता

मोरङ । मोरङको बेलबारीबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको आँखिसल्ला घर भई हाल सुनसरीको धरान–१६ बस्ने ३३ बर्षीय केशरमान राई र धनकुटाको महाभारत घर भई धरान–११ बस्दै आएका २८ बर्षीय मनोज राई छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले बेलबारी नगरपालिका–४ मा पूर्वतर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लैजाँदै गरेको अवस्थामा ४ किलोग्राम लागुऔषध गाँजा प्रहरीले फेला पारेको हो । अटोमा गाँजा फेला परेपछि अटो चालक केशरमान र अटोमा सवार मनोजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!