संगालोखबर सम्बाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–३ का ३३ बर्षीय बिनोद घिमिरे छन् ।

Advertisement

दिउँसो साढे १ बजे ईलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । मेचीपुल छेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका घिमिरेलाई संका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट २३ ग्राम ब्राउन सुगर बरामद भएको हो ।

पक्राउ परेका घिमिरेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!