संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यू कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा मृत फेला परेकी महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पख्रीबास नगरपालिका–६ का २४ बर्षीय जीवन भनिने बिनेश राना छन् ।

Advertisement

पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल ईटहरी–५ बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ फागुन १७ गते होटलमा मृत फेला परेकी थिइन् । होटलमा महिला मृत फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय धरानले घटनाको अनुसन्धान थालेको थियो । त्यस बेला मृत महिलाको पहिचान खुलेको थिएन ।

अनुसन्धानका क्रममा महिलाको पहिचान खुलेपछि प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको थियो । सोही क्रममा महिलाको हत्या आरोपमा शनिवार बेलुका राना पक्राउ परेका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!