- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । म्याराथन धावक देबेन्द्र खेवा लिम्बु (डेविड) ले काठमाडौंदेखि धनकुटासम्म एकल म्याराथुन दौड गर्ने भएका छन् । डेविडले वुधबार धनकुटामा पत्रकार सम्मेलन गरेर फागुन ३० गते काठमाडौंदेखि दौड थाल्ने जानकारी दिएका हुन् । उनी चैत ५ गते धनकुटा आइपुग्नेछन् ।

Advertisement

छथरजोरपाटी गाउँपालिका–२, घर भएका ३८ बर्षीय डेविडले काठमाडौंको दशरथ रंगशालाबाट दौड थाल्नेछन् । सिन्धुली, बर्दिबास, इटहरी, धरान, भेडेटार हुँदै धनकुटा बजारस्थित टुडिखेल आइपुग्नेछन् । युवाहरुलाई खेलकुदमा आकर्षण गर्न दौड गर्न लागेको डेविडको भनाई छ । भारतीय सेनामा भर्ति हुँने क्रममा दौडमा छनोट नभएपछि आफुले म्याराथुन दौड रोजेको डेविडले बताए ।

यो म्याराथन पार गरेपछि सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धनकुटाको नक्शा अंकित झण्डा लिएर जाने योजना बनाएको लिम्बुले सुनाए । उनले गतबर्ष धनकुटा–धरान एकल म्याराथुन गरेका थिए । डेविडले धरान–धनकुटा ५२ किलोमिटरको यात्रा पाँच घण्टामा पुरा गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!