- संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुँनेको संख्या १५ पुगेको छ । संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजे दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनामा चालक र सहचालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै चार जना घाइते छन् । मृत्यु हुँनेमा मादी नगरपालिका–४ का ६० बर्षीय बल बहादुर कार्की, २८ बर्षीया सबिता कार्की, आईत बहादुर तामाङ, मादी–५ का ४९ बर्षीय भवानी प्रसाद दाहाल, २७ बर्षीया युका पोखरेल, ४८ बर्षीय दिपक कुमार दाहाल र ५५ बर्षीय श्याम शेर्पा छन् । त्यस्तै मादी–६ का ३२ बर्षीया अञ्जना कटुवाल, ५ बर्षीया दिक्षा कटवाल, ३० बर्षीया सीता बि.क., ताप्लेजुङका ३१ बर्षीया समिक्षा योञ्जन र ८ बर्षीय सुदिप घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।

बसका चालक तेह्रथुमको फाक्चामाराका ३१ बर्षीय विपिन निरौला र सहचालक मादी–५ का उमेश भट्टराईको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मादी–६ का ५० बर्षीय डम्बर बहादुर कार्की, २२ बर्षीया तुलसा कटुवाल, मादी–४ उम्लिङकि २४ बर्षीया करिश्मा तामाङ, २४ बर्षीय सुवास तामाङ र मादी–५ की २७ बर्षीया युका पोखरेल घाइते भएका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरेलको मृत्यु भएको हो । अन्य घाइतेको उपचार जारी छ ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!