संगालोखबर सम्बाददाता

विराटनगर ।  मोरङको बेलबारीमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् ।

Advertisement

बालिकालाई घरमा कोही नभएको बेलामा उनीहरुले एकान्तमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीको भनाई छ । घर नजिकै झाडीमा लगेर बलात्कार गरेपछि उनीहरुले बालिकाको टाउकोमा ढुंगा र बियरको बोतल प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुबै जना लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका साढे ५ बजे घरबाटै हराएकी बालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिईन् । उनलाई उपचारका लागि विराटनगरस्थि नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती करिव साढे १२ बजे मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!