संगालोखबर सम्बाददाता

धनकुटा । वाल विवाह न्यूनिकरणका लागि धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कानूनी सचेतना कार्यक्रम गरिएको छ । छथर जोरपाटी गाउँपालिकाको सहयोगमा हेरिटेज टेक्निकल ट्रेनिङ्ग एण्ड रिसर्च इन्स्टिच्यूटले कार्यक्रम गरेको हो ।

Advertisement

भारती माध्यमिक विद्यालय, चुलाचुली माध्यमिक विद्यालय र सिधुवाको सामुदायिक भवनमा एक/एक दिन सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिकाभरका वडा स्तरीय बाल क्लबमा आवद्ध विद्यार्थीसहित ११५ जना सहभागि थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले वालिवालिकाको चौतर्फी वृद्धि, बिकासमा केन्द्रित भएर पालिकाले काम गरिरहेको बताए ।

यस्ता सचेतनामूलक कार्यक्रमले बालबालिकालाई आधारभूत कानूनी ज्ञान दिने हुँनाले सामाजिक समस्याको रुपमा रहेको बाल बिबाह न्यूनिकरणमा पनि यसले टेवा पुग्ने विश्वास व्यक्त गरे । वालवालिकाहरुलाई अधिवक्ता तिलक तिम्सिनाले प्रशिक्षण दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!