- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–९ का ३८ बर्षीय सन्दिप खड्का, काठमाडौंको स्वयम्भु नगरपालिका–१५ का २३ बर्षीय हिमाल नेपाल र रामेछापको देउराली गाउँपालिका–५ का ३४ बर्षीय कृष्ण बहादुर मगर छन् ।

गएराती १० बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले संका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १.६ ग्राम ब्राउन सुगर र १ लाख ५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाको विषयमा ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!