संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित गुठीटारमा एक बृद्धको शव फेला परेको छ । गुठीटारस्थित महेन्द्र राईको खाली घरमा बस्दै आएका तेह्रथुम घर बताउँने टंक ओझा बिहीवार राती मृत भेटिएका हुन् ।

Advertisement

करिव ५९ बर्षीय बृद्धका मृत अवस्थामा भेटिएपछि प्रहरी घटनास्थलमा गएको थियो । उनी उक्त खाली घरमा केहिदिन अघिदेखि बस्दै आएका थिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!