संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

झापा । झापाको बिर्तामोडमा श्रीमानको कुटाईबाट घाइते भएकी श्रीमतीको गएराती मृत्यु भएको छ । विर्तामोड नगरपालिका–५ का ४० बर्षीय कमल राउतले कुटपिट गर्दा उनकी श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राउतले घरायसी बिवादका क्रममा बुधवार राती श्रीमती खेमजुङमाथि कुटपिट गरेका थिए । कुटाईबाट घाईते भएकी खेमजुङलाई उपचारका लागि विर्तामोडस्थित कन्काई अस्पताल पुर्याइएको थियो ।

Advertisement

त्यहाँ उपचार हुँन नसकेपछि थप उपचारका लागि बिराटनरस्थित नोवेल शिक्षण अस्पताल लगियो । नोबेलमा पनि उपचार सम्भव नभएपछि उनलाई बिर्तामोडस्थित माईती घर ल्याइएको थियो ।

माइतीघरमै बिहिवार राती साढे १० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!