संगालोखबर सम्बाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदी किनारमा आज बिहान एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् । मुलघाटस्थित बिश्रान्ती बृद्धाश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने नदी किनारमा मृत फेला परेकी हुन् ।

फागुन २९ गते दिउँसोदेखि उनी बृद्धाश्रमबाट सम्पर्क बिहिन भएकी थिइन् । उनी हराएपछि खोजी गर्ने क्रममा आज बिहान करिब ९ बजे नदी किनारमा शव फेला परेको प्रहरी चौकी मुलघाटले जनाएको छ ।

Advertisement

मृतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!