- संगालोखबर सम्बाददाता

धनकुटा । मध्य पहाडी लोकमार्ग अन्तरगत धनकुटाको पाख्रीबास नगरपालिका–५ मा आज लोपेट ट्रक दुर्घटना भएको छ । दिउँसो करिव २ बजे ईटहरीबाट भोजपुरतर्फ जाँदै गरेको ना.८ ख ३१३५ नम्बरको ट्रक दुर्घटना भएको हो ।

Advertisement

दुर्घटना हुँदा ट्रकमा सवार ६ जना घाइते भएका छन् । लोपेट चालक बाराको सिमरा–२ का मोहन श्रेष्ठ, ३९ बर्षीय सरोज कुमार कुर्मी, १८ बर्षीय जितेन्द्र पटेल र पाख्रीबास–५ का २४ बर्षीया कल्पना श्रेष्ठ सामान्य घाइते भएका छन् । त्यस्तै पाख्रीबास–५ की ४० बर्षीया धनमाया तामाङ र १० बर्षीय दिप्सन तामाङ गंभीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

ट्रक सडकबाट करिव ६० मिटर तल खसेको छ । ब्रेकफेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!