- सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । नेपाल निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा पुनः रामकृष्ण सुवेदी निर्वाचित भएका छन् । धनकुटामा मंगलबार सम्पन्न संगठनको ११ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा माईती कुमारी राई, विकाराम राई, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा विनोद बस्नेत र कोषाध्यक्षमा राजेश खतिवडा निर्वाचित भएका छन् । संगठनको प्रदेश प्रतिनिधिमा राजु भुजेल, इन्द्रबहादुर भण्डारी र लक्ष्मीकुमारी सुवेदी चयन भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधिमा तेजप्रसाद अधिकारी, शारदाप्रसाद धमला, चन्द्रकला धमला, इन्द्रबहादुर पोख्रेल र गोपाल कार्की चयन भएका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले सम्पूर्ण निजामती कर्मचारीहरुलाई जनताको सेवामा समर्पित भएर काम गर्न निर्देशन दिए । त्यस्तै, नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान लगायतले सफल र सक्षम नेतृत्व छान्न सुझावसहित शुभकामना मन्तब्य राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!