संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको नयाँ प्रशासनीक भवन निर्माण गरिएको छ । सहिदभूमि गाउँपालिका–४ पिप्लेमा २ करोड ५५ लाख लागतमा गाउँपालिकाको ३ तले प्रशासनीक भवन निमार्ण गरिएको हो । प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले एक कार्यक्रमकाबीच रीबन काटेर नव निर्मित भवन उद्घाटन गरेका छन् ।

Advertisement

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राई, प्रदेश सभा सदस्य द्वय इन्द्रमणी पराजुली र निरन राई, संबिधान सभा सदस्य टिकाराम चेम्जोङ्ग, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान लगायतले नयाँ भवन बनेपछि गाउँपालिकाको कार्यसम्पादनमा निकै सहज हुँने बताए । यसअघि पिप्लेमै भाडाको घरमा कार्यालय राखेर गाउँपालिकाको काम गरिदै आएको थियो । २०७६ सालमा निर्माणको जिम्मा लिएको सगरमाथा सुदिक्षा थुलुङ जेभिले दुई बर्ष लगाएर नयाँ भवन बनाएको हो ।

वालवालिका, अपांग र बृद्धबृद्धामैत्री आधुनिक भवन निर्माण गरेर नयाँ भवनबाटै सेवा प्रदान गर्न थालिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । पहिले सानो ठाउँबाट असहज रुपमा काम गरिरहेको भएपनि अहिले नयाँ भवनबाट काम गर्न सहज भएको उनको भनाई छ । फरक प्रशंगमा उनले आफुहरु निर्वाचित भएर आएपछि गाउँपालिकाको विकासले फड्को मारेको दावी पनि गरे ।

यसैबीच, गाउँपालिकाको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने दाताहरुलाई सोही कार्यक्रममा सम्मान पनि गरिएको छ । जग्गादाताहरु जयवृद्धि राई, जसलाल राई, मदन कुमारी राई र गोविन्द भुजेललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । निर्धारित समयमै भवन निर्माण सम्पन्न गरेवापत निर्माण व्यवसायी प्रकाश थुलुङलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!