पाख्रीवासमा पनि सुरु भयो मतगणना
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा पनि स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो करिब १२ बजेबाट मतगणना थालिएको हो । स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान भएको थियो ।
पाख्रीवास नगरपालिकामा १७ हजार ८७ मतदाता छन् । जसमध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका छन् । कुल मतदाता संख्याको आधारमा ६६.१० प्रतिशत मत खसेको हो ।
...































