महालक्ष्मी नगरमा कांग्रेसको सुरुवाती अग्रता
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । ५९१ मतगणना गर्दा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेसका ध्रुवराज रायले ३६० मत पाएका छन् । नेकपा एमालेका दिपक बुढाथोकीले १९४ मत ल्याएका छन् ।
महालक्ष्मी वडा नं. १ र २ को मत गणनामा कांग्रेसका रायले एमालेका बुढाथोकीलाई १६६ मतान्तरले पछि पारेका हुन् । उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओ...































