- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र ६ नंम्बर वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको हो ।

Advertisement

मतदान प्रक्रियाको विषयमा दुबै पक्षवीच भएको विवादले केही समयका लागि मतदान कार्य स्थगित गरिएको हो । भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको अवस्थामा बाहिरको वातावरण होहल्ला र हुलदंगा भएको थियो । नभएका मान्छेका नामबाट पनि मतदान गरियो भन्ने आशंकाले विवाद सुरु भएपछि मतदान स्थगित गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

अहिले प्रमुख जिल्ला अधिकारी, प्रमुख निर्वाचन अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रमुख घटनास्थल पुगेर विवादको विषयमा छलफल गरिएका छन् । स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा करिव २० प्रतिशत भोट खसेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!