संगालोखबर सम्वाददाता
फायल तस्बीर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार त्रियुगा–१ का २० वर्षीय भुपेन्द्र चौधरी छन् ।

मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल आइतबार बेलुका साढे ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अविशेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!