- संगालोखबर सम्वाददाता

धनकुटा । स्थानीय तह निर्वाचनलाई लक्षित गरी धनकुटा जिल्लाभर मादक पदार्थ बिक्री र सेवन निषेध गर्न आग्रह गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय धनकुटाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

Advertisement

बैशाख २७ गते मंगलवार राती १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको हो । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादिन र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न मादक पदार्थ निषेध गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जनाएका छन् ।

कही कतै मादक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!