- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेस्थित मालबासेमा लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा महालक्ष्मी नगरपालिका–७ का ४५ बर्षीय दिल बहादुर सार्की छन् ।

मालबासेका झमक बहादुर सार्कीको घरमा उनी शनिवार पाउना गएका थिए । पाहुना गएकै बेला बाटोमा हिड्ने क्रममा लडेर दिउँसो करिव १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट टोली घटनास्थल गएको थियो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!