संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपको गोटीछाँगामा छोराले बाबु-आमाको हत्या गरेका छन् । बिहीबार बेलुका २५ बर्षीय आइतराज लिम्बुले ७० वर्षीय बाबु बृखबहादुर र ७२ वर्षीय आमा फिपरानीको हत्या गरेका हुन् ।

बाबु-आमाको हत्या गर्ने आइतराजलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

Advertisement

स्थानीयका अनुसार एक साताअघि पनि पारिवारीक झगडा भएको र लेलेप प्रहरी चौकीमा मिलाइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!