- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पनि मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार आज बिहान करिब ११ः३० बजेबाट मतगणना थालिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।

Advertisement

यो समाचार तयार पार्दासम्म मत परिणाम सार्वजनिक गरिएको छैन । स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि शुक्रबार भएको मतदानमा महालक्ष्मीका १२ हजार ३ सय ३१ जनाले मतदान गरेका छन् । कुल १८ हजार ४ सय ६० मतदाता रहेको महालक्ष्मीमा ६६.८० प्रतिशत मत खसेको हो ।

महालक्ष्मी नगरपालिकामा पनि नेकपा एमाले र गठबन्धनबीच मुख्य प्रतिष्प्रधा छ । महालक्ष्मी नगरको मेयरका लागि एमालेबाट दिपक बुढाथोकी र गठबन्धनको तर्फबाट कांग्रेसका ध्रुवराज रायबीच प्रतिष्प्रधा छ । यता, उप–मेयरमा एमालेकी मञ्जु अधिकारी र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रेम खड्का चुनावी मैदानमा छन् ।

गत स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा भारी मतान्तरले एमालेका पर्शुराम नेपाल निर्वाचित भएका थिए । उप–मेयरमा पनि एमालेकी मञ्जु अधिकारी निर्वाचित भएकी थिइन् । उपमेयर अधिकारीलाई एमालेले यसपटक पुनः सोही पदमा उम्मेदवार बनाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!