- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा मतदाता प्रभावित पार्न पैसा बाँढेको भनेर गठबन्धन सम्बद्ध दलका नेता कार्यकर्ताले गलत हल्ला फैलाएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेले बिहिबार प्रेस विज्ञप्ति जारी गरेर गलत हल्लाको भ्रममा नपर्न सर्वसाधरणलाई अपिल पनि गरेको हो ।

Advertisement

नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य बलदीप राई, जिल्ला सदस्य दिवेश खड्का लगायतले छथर जोरपाटी गाउँपालिका वडा नं.५ मा पैसा बाढ्न खोजेको र उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको भन्दै केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा बिहिबार चर्चा भएको थियो । मौन अवधिका बेला निर्वाचन प्रभावित पार्न गलत, भ्रामक तरिकाले प्रचार गरिएको भन्दै एमालेले यो बिषयमा आपत्ति जनाएको हो ।

ठबन्धन सम्बद्ध दलका नेता कार्यकर्ताले गलत हल्ला फैलाएर एमाले समर्थकलाई हतोत्साहित बनाउँने कुचेष्टा गरेको एमालेको ठहर छ । एमाले धनकुटाका कार्यालय सचिव नैन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा यस्ता झुटा प्रचार नगर्न पनि सम्बद्ध सबैलाई सचेत गराइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!