- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ४ सय मतगणना गर्दा एमालेका उम्मेदवार चिन्तन तामाङले २०७ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दिनेश राईले १६९ मत ल्याएका छन् ।

Advertisement

शनिवार बिहान ८ः३० बजे पहिलो पटक मत परिणाम सार्वजनिक हुँदा एमाले उम्मेदवार तामाङले ३८ मतान्तरले अग्रता लिएका हुन् । त्यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गणेश बहादुर विष्टले १७० मतसहित अग्रता लिएका छन् । उपमेयर पदकी एमाले उम्मेदवार भीमादेवी खनालले १६५ मत पाएकी छन् ।

पहिलो चरणमा धनकुटा नगरपालिकाको वडा नं.१ र २ को मतगणना थालिएको हो । २२ हजार ९ सय ७१ मतदाता रहेको धनकुटा नगरपालिकामा ७१.४८ प्रतिशत अर्थात १६ हजार ४ सय १९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!