- संगालोखबर सम्वाददाता

धनकुटा । स्थानीय तह निर्वाचनका लागि शुक्रबार भएको मतदानमा धनकुटाको महालक्ष्मी नगरपालिकामा ६६.८० प्रतिशत मत खसेको छ । कुल १८ हजार ४ सय ६० मतदाता रहेको महालक्ष्मी नगरमा १२ हजार ३ सय ३१ मत खसेको निर्वाचन अधिकृत लक्ष्मीदेवी होमागाईले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर महालक्ष्मी नगरको केन्द्र जितपुरमा ल्याइएको छ । यसैबीच, महालक्ष्मी नगरको मतगणनाका लागि अहिले सर्वदलिय बैठक डाकिएको छ ।

बैठकको निर्णय अनुसार मतगणना थालिनेछ । बैठकमा छलफल पछि सम्भवत आजै रातीबाट मतगणना सुरु हुँने महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!