- संगालोखबर सम्वाददाता
पाख्रीवासमा मतगणना गरिदै । तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा पनि स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो करिब १२ बजेबाट मतगणना थालिएको हो । स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान भएको थियो ।

पाख्रीवास नगरपालिकामा १७ हजार ८७ मतदाता छन् । जसमध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका छन् । कुल मतदाता संख्याको आधारमा ६६.१० प्रतिशत मत खसेको हो ।

Advertisement

पाख्रीवास नगरपालिकामा मुख्यगरी नेकपा एमाले र गठबन्धनबीच प्रतिष्प्रधा छ । पाख्रीवास नगरको मेयरका लागि एमालेबाट भीम राई र गठबन्धनको तर्फबाट कांग्रेसका ज्ञानबहादुर गुरुङ चुनावी मैदानमा छन् । उपमेयरमा एमालेले नम्रता देउजा र गठबन्धनको तर्फबाट माओवादी केन्द्रले ओमप्रकाश निरौलालाई उम्मेद्वार बनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!