- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका माओवादी केन्द्रका दलबहादुर मगरले ३३४ मतसहित अग्रता लिएका हुन् । नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजकुमार चेम्जोङले ३१७ मत पाएका छन् ।

एमाले उम्मेद्वार चेम्जोङलाई १७ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका मगरले अग्रता कायम राखेका हुन् । यता, उपाध्यक्षमा भने एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार टंकमाया पाङ्मी मगरले ३४९ मत प्राप्त गरेकी छन् ।

गठबन्धनका तर्फबाट जनता समाजवादीका उम्मेदवार मंगलकुमार लिम्बुले २९८ मत ल्याएका छन् । जसपाका लिम्बुलाई ५१ मतान्तरले पछि पार्दै एमालेकी मगरले अग्रता लिएकी हुन् ।

१४ हजार १ सय २७ मतदाता रहेको चौविसे गाउँपालिकामा ७०.६९ प्रतिशत अर्थात ९ हजार ९ सय ८७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!