भोजपुरको विहीबारे बजारमा आगलागी: अढाई बर्षीया बालिकाको मृत्यु, चार घर जलेर नष्ट
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकास्थित बोया विहीबारे बजारमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय खेममणी तामाङकी साढे २ बर्षीया छोरी रेश्मा छिन् ।
आगलागीमा परी खेममणी र मिना तामाङ घाइते भएका छन् । उपचारका उनीहरुलाई धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट चार घर जलेर पुर्ण रुपम...






























