- रबिन कटेल/संगालोखबर
सामुदायिक भवनमा तारजालीभित्र मतगणना गरिदै । तस्वीर:रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकामा कडा सुरक्षा व्यवस्था मिलाएर मतगणना थालिएको छ । शुक्रबार भएको मतदान पश्चात राती करिब ३ बजेबाट मतगणना सुरु भएको हो ।

सर्वदलिय बैठकमा सहमति जुट्न समय लाग्दा मतगणनामा ढिलाई भएको हो । धनकुटा सदरमुकामको सामुदायिक भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाकाबीच मतगणना भइरहेको छ । राजनीतिक दलका प्रतिनिधि बस्ने स्थान र मतगणना हुँने स्थानको बीचमा तार जाली लगाइएको छ । मतगणना स्थललाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था पनि मिलाइएको छ । मतगणना स्थलमा बस्ने दलका प्रतिनिधिहरुलाई मोवाइल फोनसमेत बोक्न निषेध गरिएको छ ।

Advertisement

धनकुटा नगरपालिकामा मेयर पदका लागि चार जना र उपमेयर पदका लागि तीन जना प्रतिष्प्रधामा छन् । मुख्यगरी नेकपा एमाले र गठबन्धनबीच प्रतिष्प्रधा छ । नेकपा एमालेको तर्फबाट मेयर पदका लागि चिन्तन तामाङ र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिनेश राई मुख्य प्रतिष्पर्धीको रुपमा छन् । त्यस्तै उपमेयर पदका लागि नेकपा एमालेबाट भीमादेवी खनाल र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गणेशबहादुर बिष्ट प्रतिष्प्रधामा छन् ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार भएको मतदानमा धनकुटा नगरपालिकामा ७१.३८ प्रतिशत मत खसेको छ । कुल २२ हजार ९ सय ७१ मतदाता रहेको धनकुटा नगरमा १६ हजार ३ सय ९८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!