- संगालोखबर सम्वाददाता
धनकुटाको पाख्रीवास नगरपालिका–७ स्थित सरस्वती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बीरः सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको छ । मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ ।

देशभर ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । उनीहरुले ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित गर्न मतदान गर्दैछन् ।

Advertisement

देशभरका छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा २९३ प्रमुख र उपप्रमुख निर्वाचित हुँनेछन् । ४६० गाउँपालिकामा एक/एक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही संख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् ।

अहिले मतदान केन्द्रहरुमा मतदाताहरु मतदानका लागि लामबद्ध रुपमा बसेका छन् । साँझ ५ बजेसम्म मतदान जारी रहने आयोगले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!