संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार–डाँडाबजार सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय मदेन टोलका ३८ बर्षीय इन्द्र बहादुर याखा छन् ।

गएराती करिव पौने १२ बजे साँघुरीगढी–३ स्थित कुशेटारबाट घर फर्कदै गर्दा को.२८प ७४७१ नम्वरको मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै याखाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल सडकबाट करिव ५०० मिटर तल खसेको छ ।

Advertisement

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइदै छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!