महालक्ष्मीका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, बिपन्नलाई स्वास्थ्य बीमा निःशुल्क गर्ने घोषणा
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमबार पदभार ग्रहण गरेका छन् । मेयर ध्रुवराज राया र उप–मेयर मञ्जु अधिकारीसहितका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मेयर रायाले महालक्ष्मीका बिपन्न, अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका छन् । महालक्ष्मी नगरका करिब ५ सय घरधुरीलाई स्वास्थ्य बीमा बापत लाग्ने रकम...






























