- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । ५९१ मतगणना गर्दा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेसका ध्रुवराज रायले ३६० मत पाएका छन् । नेकपा एमालेका दिपक बुढाथोकीले १९४ मत ल्याएका छन् ।

महालक्ष्मी वडा नं. १ र २ को मत गणनामा कांग्रेसका रायले एमालेका बुढाथोकीलाई १६६ मतान्तरले पछि पारेका हुन् । उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका प्रेम खड्काले २५५ मतसहित सुरुवाती अग्रता लिएका छन् । एमालेकी उपमेयर उम्मेदवार मञ्जु अधिकारीले २३५ मत प्राप्त गरेकी छन् । एमालेकी अधिकारीलाई २० मतान्तरले पछि पार्दै माओवादीका खड्काले अग्रता लिएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि शुक्रबार भएको मतदानमा महालक्ष्मीका १२ हजार ३ सय ३१ जनाले मतदान गरेका छन् । कुल १८ हजार ४ सय ६० मतदाता रहेको महालक्ष्मीमा ६६.८० प्रतिशत मत खसेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!