- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा ५६ बर्षीया महिलामाथि यौन दुर्व्यवहारको घटना सार्वजनिक भएको छ । यौन दुर्व्यवहार आरोपमा महालक्ष्मी नगरपालिका–८ का भीमबहादुर मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

४३ बर्षीय मादेनले गत मंगलबार अपरान्ह करिब ४ बजे महालक्ष्मीकी ती महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । आफुमाथि बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडितले शनिवार प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । उजुरीपछि मादेनलाई शनिवार नै पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

Advertisement

पक्राउ परेका मादेनविरुद्ध प्रहरीले जिल्ला अदालतमा आइतवार जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर कारबाही प्रकृया अघि बढाएको छ । मुद्दा दर्ता गरेर घटनाको बिषयमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!