- संगालोखबर सम्वाददाता

धनकुटा । स्थानीय तह निर्वाचनका लागि शुक्रबार भएको मतदानमा धनकुटा नगरपालिकामा ७१.३८ प्रतिशत मत खसेको छ । कुल २२ हजार ९ सय ७१ मतदाता रहेको धनकुटा नगरमा १६ हजार ३ सय ९८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयका सूचना अधिकारी दिवेश श्रेष्ठका अनुसार मतदान केन्द्रहरुबाट मत पेटिका संकलन गरेर आज रातीबाटै मतगणना थाल्ने तयारी भएको छ । धनकुटा सदरमुकामको सामुदायिक भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुँनेछ ।

यसका लागि अहिले सर्वदलिय बैठक बसिरहेको छ । बैठकको निर्णय अनुसार मतगणना थालिनेछ । मतगणनाको तयारी भएपछि अहिले सामुदायिक भवन आसपास क्षेत्रमा राजनीतिक दलका नेता कार्यकर्ताको भीड लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!