- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको पाख्रीवासमा स्थानीय तह निर्वाचनमा मतदान गरेर फर्कदै गर्दा लडेर आज साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाख्रीवास नगरपालिका ७ का ५५ बर्षीय गणेश बराल छन् ।

फलाटे र मुगाको सीमास्थित तीननुमाने नजिक साँझ करिब ६ बजे लडेर बरालको मृत्यु भएको बताइएको छ । सरस्वती आधारभूत मतदान केन्द्रमा मतदान गरे उनी घर फर्कदै थिए ।

Advertisement

सोही क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीको स्रोत उदृत गर्दै पाख्रीवासबाट संगालोखबरकर्मी सन्तोष सुवेदीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!