- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा बुवाको मृत्यु भएपछि क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवार विकास घिमिरेले मतदान गरेका छन् । बिहान करिव साढे १० बजे भाषा माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

घिमिरे लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटा नगरपालिका–३ को वडाध्यक्षका उम्मेदवार हुन् । मतदान केन्द्रमा घिमिरेसँगै उनका दाजु विजयसहित परिवारका पाँच जना सदस्यले मतदान गरेका छन् । घिमिरे यसअघि पनि धनकुटा नगरपालिका–३ का वडाध्यक्ष थिए ।

मंगलवार उनका बुवा हर्क घिमिरेको निधन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!