- संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो ।

Advertisement

गए राती २ बजेतिर घटनाको जानकारी आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डे छन् । पाण्डे नेपाली कांग्रेस निकट रहेको स्थानीय बताउँछन् ।

पेट्रोल छर्किएर कारको अगाडि र पछाडि लाइटर बालेर आगो लगाएको सीसी क्यामेरा फुटेजमा देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!