संगालोखबर सम्वाददाता

विराटनगर । अविरल बर्षाका कारण सिंघिया खोलामा बाढी आएपछि बस्तीमा खोला पस्दा विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका १७५ परिवार विस्थापित भएका छन् । विराटनगरमा ४५ र कटहरीमा १३० परिवार विस्थापित भएका हुन् ।

Advertisement

विराटनगर महानगरपालिका–२ स्थित सरस्वती बस्तीमा बाढी पस्दा २० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । त्यस्तै विराटनगर–८ स्थित सुकुम्बासी बस्तीमा डुवान हुँदा २५ परिवार विस्थापित भएका छन् ।

त्यस्तैगरी कटहरी गाउँपालिका–१ स्थित टाइगर टोलमा सिंघिया खोला पस्दा ६० परिवार विस्थापित भएका छन् । साथै नारी विकास एरियामा ३० र हनुमान मन्दिर एरियामा ४० घर विस्थापित भएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जनाएका छन् । अविरल बर्षाका कारण मोरङका अधिकांश क्षेत्र प्रभावित भएका छन् । अहिले पनि बर्षा रोकिएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!