- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

इलाम । इलामको माङसेबुङ गाँउपालिका–२ दहगाँउस्थित भित्री सडक खण्डमा आज बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र माङसेबुङ–२ का ५० बर्षीय प्रकाश राई छन् ।

दिउँसो करिव १२ बजे पाँचथरको रबिबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ ज ४८७ नंम्बरको बोलेरो सडकबाट करिव २०० मिटर तल झरेको हो । दुर्घटनामा हिम प्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको हो भने पदम कुमारीको उपचारका लागि दमक अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

Advertisement

बोलेरो चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!