- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुन्दरहरैंचा नगरपालिका–४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैंचा–६ का २७ बर्षीय बिजय राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल र ऐभिल १२ ऐम्पुल बरामद गरेको छ ।

Advertisement

त्यस्तै बा ३५ प २७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुन्दरहरैंचा–१२ का २० बर्षीय अभिषेक चौधरी र १९ बर्षीय निशान गुरुङलाई नाइट्राभेट–१० ट्याबलेटसहित १ नम्बर ढाटबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनाको विषयमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!