धनकुटा तीन युवा गाँजासहित सुन्दरहरैंचाबाट पक्राउ

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ बुढीपुलबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३० बर्षीय सुरेन्द्र राई, २९ बर्षीय मिलन राई र बाला राई छन् ।

आइतवार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गरेको थियो । सोही क्रममा जेब्रा झोलामा लुकाई राखेको अवस्थामा ८ केजी गाँजा बरामद भएको हो ।

पक्राउ परेको तीनै जनाको विषयमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

error: Content is protected !!