संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–६ का ४० बर्षीय नारायण महतो र सप्तरीको हनुमाननगर–९ घर भई विराटनगर–११ बस्ने २५ बर्षीय सुमन कुमार राय छन् ।

अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । महतोको बयानका आधारमा लागुऔषध ओसार पसारमा संलग्न रहेको खुलेपछि सोही स्थानबाट रायलाई पनि स ३ प ५१८४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका दुबै जनाको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!