- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ पकलि चौकस्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामधुनी नगरपालिका–५ का ७५ बर्षीय मंगलु चौधरी छन् ।

शुक्रवार साँझ साढे ४ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले उनलाई सडक पार गर्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट गंभीर घाइते भएका चौधरीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!