संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको रंगेलीमा आफ्नै स्कूलको बसले किचेर आज एक विद्यार्थीको मृत्यु भएको छ । रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कूलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढ्ने ५ वर्षीय बालक ऋतिक मण्डलको मृत्यु भएको हो ।

Advertisement

ऋतिक र एलकेजीमै पढ्ने रंगेली–६ की ५ बर्षीया बालिका सनम कुमारी मण्डललाई बसले किचेको थियो । बसले किच्दा दुबै जना घाइते भएका थिए । स्थानीय अस्पतालमा उपचारका क्रममा ऋतिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । विराटनगरस्थित न्यूरो अस्पतालमा घाइते सनमको उपचार भइरहेको छ ।

विद्यालय छुट्टी भएपछि उक्त बसले विद्यार्थी लिन विद्यालय परिसरमा आउँदै गरेको अवस्थामा दुई बालबालिकालाई किचेको थियो । बालकको मृत्यु भएपछि रंगेली बजार तनावग्रस्त बनेको हो । घटनापछि आक्रोशित स्थानीयले विद्यालयका दुई वटा बस तोडफोड गरेका छन् । साथै रंगेली–भद्रपुर हुलाकी मार्ग अवरुद्ध गर्दै सयौं स्थानीयले विद्यालय घेराउ गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!