संगालोखबर सम्वाददाता
फायल तस्बीर

उदयपुर । उदयपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा त्रियुगा नगरपालिका–३ मोतिगडाका २६ बर्षीय अजय मल्लिक छन् ।

शुक्रवार साँझ साढे ६ बजे अजय र उनकी श्रीमती घरबाट करेन्ट सहितको तार टाँगेर स्थानीय गुहे खोलामा माछा मार्न गएका थिए । माछा मार्ने क्रममा अजयलाई करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लागेर बेहोस भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!