- संगालोखबर सम्बाददाता

धनकुटा । पाख्रीवास नगरपालिकामा केही दिनयता जनप्रतिनिधिहरुबीच भइरहेको विवाद अन्ततः सहमतिमा टुंग्याइएको छ । आइतवार अबेर रातीसम्म भएको छलफलबाट आपसी समझदारीमा अघि बढ्ने सहमति भएपछि विवाद टुंगिएको हो ।

Advertisement

छलफलमा प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका इन्चार्ज राजेन्द्र राईसहित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायत सहभागि थिए । अब विगतका विवादित कुरालाई निरन्तरता नदिने, आपसी समझदारी गरेर अघि बढ्ने, मेयर–उपमेयरले एक अर्कालाई सम्मानपूर्वक व्यवहार गर्ने सहमति भएको सांसद राईले बताए ।

पाख्रीवासमा मुख्यगरी नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद थियो । मुख्यगरी मेयर ज्ञानबहादुर गुरुङ्ग र उपमेयर नम्रता गौतमबीच विवाद हुँदै आएको थियो । तर अब दुवै पक्षले सहमति गरेपछि विवाद समाधानउन्मुख भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!