- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको रंगेलीमा श्रीमतीलाई आगो लगाएर मारेको आरोपमा श्रीमान पक्राउ परेका छन् । रंगेली नगरपालिका–१ बिर्ताबजारकी ३१ बर्षीया बबिता मल्लिकलाई आगो लगाएर मारेको आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

शुक्रवार राती करिव १० बजे बबितालाई तिलकले मट्टीतेल छर्केर आगो लगाई फरार भएका थिए । आगोले जलेर गंभीर घाइते भएकी बबितालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा शनिवार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले तिलकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन र अन्नपात पनि जलेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!